एक एक पाइला कोभिड आउटरीच कार्यक्रम , चिकित्सकसँग सिधा सम्पर्क गरेर सल्लाह र सुझाव लिन सकिने |
काठमाडौं । एक एक पाइला स्वयंसेवकहरूको एक समूहको हो । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका नागिकलाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो । अहिले यसले काठमाडौंस्थित थापाथलीमा रहेको सिटी क्लिनिकमार्फत सेवा सञ्चालन गरिरहेको छ ।
महामारीको कठिन समयमा आफूलाइ आवश्यक परेको चिकित्सकसँग सिधा सम्पर्क गरेर सल्लाह र सुझाव लिन सकिने जनाइएको छ ।
एक एक पाइलामार्फत नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण गरिरहेको पनि जनाइएको छ । यो कार्यक्रममार्फत हालसम्म तीन हजार ३० मेडिकल प्याकेट पठाइएको जनाइएको छ ।
सेवा समय
बिहान ७:०० देखि बेलुका ७:०० बजे सम्म
बिहान:७:०० देखि ९:०० सम्म डाक्टरहरू संग सिधै कल मार्फत जवाफ लिन सक्नुहुनेछ ।
बिहान ९: ०० देखि अपराह्न ५:०० सम्म सबै डाक्टरहरूको कार्य ब्यस्तता हुने हुनाले उहाहरूलाई म्यासेज पठाउन सक्नुहुन्छ तर आपतकालिन अवस्थामा भने तपाईहरुले उहाहरूलाई सिधै फोन गरेर आफ्नो समस्या भन्न सक्नुहुनेछ ।
अपराह्न ५:०० देखि साझ ७:०० बजे सम्म डाक्टरहरू संग सिधै कल मार्फत जवाफ लिन सक्नुहुनेछ ।
डाक्टरहरुको नाम तथा हेल्प लाइन सम्पर्क नम्बरहरु
डा. सुमन थापा -आँखा : ९८०१८६३६६१
डा. कविता धाक्वा – आँखा : ९८०१८६३६६२
डा. सुधाम्शु केसी – जनरल चिकित्सा: ९८०२३३२४८८ / ९८४०८७५९००
डा. सुबोध ढकाल – जनरल चिकित्सा:९८०१८६३६६४
डा. सबीना भट्टराई- छाला :९८०१८६३६६५
डा. सृष्टि श्रेष्ठ – छाला :९८०१८६३६६६
डा. नील पाण्डे – दन्त चिकित्सक : ९८०१८६३६६७
डा. बिनिता अधिकारी – दन्त चिकित्सक : ९८०१८६३६६८
डा. कुञ्जन आचार्य – नाक कान घाँटी: ९८०१८६३६६९
डा. रवीन्द्र प्रधान – नाक कान घाँटी: ९८०१८६३६७०
डा. सपना वैद्य – स्त्री रोग : ९८०१८६३६७१
डा. रिचा गिरी – स्त्री रोग :९८०१८६३६७२
डा. ज्योति रायमाझी- सर्जरी :९८०१८६३६७३
डा. राज राना – आर्थोपेडिक्स :९८०१८६३६७५
डा. बिष्णु गिरी – बाल रोग : ९८०१८६३६७४