एनआईसी एशिया बैंकको खाता अब कनेक्ट आईपीएसबाटै अनलाइन भेरिफाई गर्न सकिने |

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।
यस अनलाइन सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिन बैंकले जनाएको छ । हालको निषेधाज्ञाको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलमार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग बढेको छ ।
अनलाइन सेल्फ भेरिफाई गरिएका खाताहरूका लागि बैंकले प्रतिदिन २ लाख तथा प्रति महिना १० लाखसम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमाफर्म बुझाएर एकपटक भेरिफाई गराउनु पर्ने हुन्छ ।
बैंक खाता लिंक गरी सेल्फ भेरिफाई कसरी गर्ने ?
–कनेक्ट आईपीएसमा लिंक एकाउन्ट अप्सन भित्र आवश्यक विवरण दाखिला गरी खाता लिंक गर्ने
–म्यानेज एकाउन्टभित्र लिंक गरिएको खातामा सेल्फ भेरिफाई एकाउन्टमा क्लिक गर्ने
–रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त ओटीपी दाखिला गर्ने
–अनलाइन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुईवटा रकमहरु दाखिला गरी प्रकृया पूरा गर्ने
–अब लिंक गरिएको खाता मार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।