हाइब्रिड कारमा लाग्दै आएको अन्तःशुल्क घट्यो |
काठमाडौं । सरकारले हाइब्रिड कारमा लाग्ने अन्तःशुल्क घटाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८∕७९ को बजेटले हाइब्रिड कारमा अन्तːशुल्क घटाएको हो ।
यसअघि प्लगइन हाइब्रिड र हाइब्रिड गाडीलाई फरक दरमा अन्तːशुल्क लाग्ने व्यवस्था गरेको भएपनि अहिले दुबै गाडीमा ४० प्रतिशत अन्तːशुल्क लाग्ने व्यवस्था गरेको हो । हाइब्रिड गाडीमा यसअघि ६० प्रतिशत अन्तːशुल्क लाग्दै आएको थियो ।