नाडाले गर्यो बजेटलाई स्वागत, अटो मैत्री बजेट,सुझाव सबै सम्बोधन भए ː अध्यक्ष दुलाल |
काठमाडौं । नेपाल अटो मोबाइ डिलर्स एसोसिएसन (नाडा) ले आगामी आर्थिक वर्ष २०७८∕०७९ को बजेटलाई स्वागत गरेको छ ।
आगामी आवको बजेटमा व्यवसायीले माग गरेका अधिकांश बिषय बजेटमा संबोधन भएको भन्दै अटोमोबाइल्स व्यवसायीले पूर्ण समर्थन जनाएका हुन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आगामी आवको बजेटले समग्र अटो व्यवसायलाई सम्बोधन गरेको बताउदै एतिहासिक बजेट आएको जानकारी दिए ।
बजेटको प्रतिक्रिया दिदै अध्यक्ष दुलालले बजेटले बिद्युतीय सवारी आयातलाई बाटो खुल्ला गरिदिएको बताए ।
विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क पुरै मिनाहा गर्ने निर्णयले अटो व्यवसायीले बजेटको प्रशंसा गरेका छन् ।
त्यस्तै भन्सारदर पनि पहिलाकै अवस्थामा आएको अध्यक्ष दुलालको भनाई छ । अब भन्सार र अन्तशुल्क घटेसँगै नेपालमा विद्युतीय गाडी सस्तो हुने भएको छ ।
त्यस्तै काठमाडौं लगाएत देशभर ५ सय चार्जिङ् स्टेसन,विद्युतीय गाडीको एसेम्ब्लिङ गर्न जग्गा उपलब्ध गराउने बिषय महत्वपूर्ण रहेको व्यवसायीले बताएका छन् । सरकारले विद्युतिय सवारी मैत्री बजेट ल्याउनुर्नै महत्वपूर्ण रहेको नाडाका अध्यक्ष दुलालको जिकिर छ ।