विद्युतीय गाडीको अन्तशुल्क हट्यो |
काठमाडौं । सरकारले विद्युतीय गाडीको अन्तशुल्क र भन्सार घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८∕०८९ मा विद्युतीयको भन्सार दर घटाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमै विद्युतीय गाडीको भन्सार दर घटाउने संकेत गरिएको थियो । सोही अनुसार बजेटले विद्युतीय गाडीमा कर घटाएको हो ।
पूर्व अर्थमन्त्री युबराज खतिवडाले १० प्रतिशत भन्सार लाग्दै आएको विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र अन्तशुल्क लगाएका थिए । विद्युतीय गाडीमा कर बढाइएपछि चौतर्फी दबाबका कारणले सरकारले केही कर घटाएको हो ।