हाइड्रोपावरको प्रसारण लाईन पर्ने जग्गाधनीलाई अग्राधिकार शेयर दिने व्यवस्था |
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत प्रसारण लाईनमा पर्ने प्राकृतिक व्यक्तिलाई अग्राधिकार शेयर दिने व्यवस्था गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले वर्ष आगामी आर्थिक २०७८∕७९ को बजेट प्रस्तुत गर्दैे यस्तो व्यवस्था गरेका हुन् ।
अर्थमन्त्री पौडेलले प्रसारणलाई पर्ने जग्गाका प्रकृतिक व्यक्तिलाई सम्बन्धित उत्पादन कम्पनीले प्राथमिक शेयर निष्काशन गर्दा आयोजना प्रभावित स्थानीयहरु सरह अग्राधिकार शेयर वितरण गर्ने व्यवस्था गरेका हुन् । साथै प्रसारण लाईनमा पर्ने जग्गाको निशुल्क कित्ताकाट हुने भएको छ ।
यसैगरी,नेपाल विधुत प्राधिकरणलाइ क्रेडिट रेटिड. गराइने भएको छ । साथै घरायसी िवद्धुतीय सामानमा भन्सार छुट दिइने भएको छ ।