युवा उद्यमी मञ्चको १७ औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा उदीप श्रेष्ठ चयन |

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा उदीप श्रेष्ठ चयन भएका छन् । मञ्चको शुक्रवार सम्पन्न १७ औँ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्समिति चयन गरेको हो । कोविड १९ लाई ध्यानमा राख्दै साधारणसभा अनलाइनबाट आयोजना गरिएको थियो ।
मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितिय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोद मान शैजु, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशल सुन्दर श्रेष्ठ, लर्निंग अध्यक्षको रूपमा रिचा श्रेष्ठ र को–लर्निंगका रूपमा पवित्र गौतम चुनिएका छन् भने सुदिप घिमिरे र कृष्ण सापकोटा सदस्यमा चुनिएका छन् ।
मञ्चको यसअघिको अध्यक्ष प्रकाशदेव पालिखे थिए । अध्यक्षको कार्यकाल एक वर्षको हुने छ । यस अवसरमा फोरमका निवर्तमान अध्यक्ष पालिखेसहित कार्यसमितिले उनीहरूको पदभार बुझायो ।
सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने अध्यक्ष श्रेष्ठले बताए । “सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्ने छ,” उनको भनाइ थियो । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धन गर्न आफू अहोरात्र खटिने बताए ।