मोबाइल फोन प्रयोगकर्ता ३ करोड ८२ लाख पुगे |
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म नेपालमा मोबाइल फोन प्रयोगकर्ता तीन करोड ८२ लाख १२ हजार आठ सय पुगेको छ ।
सक्रिय रहेका सिमकार्डलाई आधार बनाएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल संख्या तय गरेको हो ।
२०७७ असारसम्म तीन करोड ७० लाख ७३ हजार ६ सय ६२ रहेको मोबाइल फोन संख्या बढ्दै फागुनमा उकालो लागेको मन्त्रालयले जनाएको छ ।
आव २०७५÷७६ मा चार करोड नाघेको मोबाइल प्रयोग संख्या सरकारले निश्चित समयावधिसम्म सक्रिय नरहेका सिमकार्ड खारेज गरेपछि आव २०७६∕७७ मा मोबाइल प्रयोगको संख्या घटेको थियो ।
आव २०७४∕७५ मा तीन करोड ८३ लाख, २०७३∕७४ मा तीन करोड ४१ लाख र २०७२∕७३ मा दुई करोड ९७ करोडभन्दा बढी मोबाइल फोन प्रयोगमा थिए ।