खर्च नियन्त्रण गर्दा रसुवागढीको नोक्सानी घट्यो |
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार खर्च नियन्त्रण गर्दा कम्पनीको नोक्सानी घटेको देखिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा २ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग २२ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।