नेप्से ६.४७ अंकले घट्दा कारोबार रकम भने ११ अर्ब १३ करोड |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से ६.४७ अंकले घटेर दुई हजार आठ सय १६ दशमलब ६० विन्दुमा थामिएको छ ।
नेप्सेका अनुसार आज ११ अर्ब १३ करोड ३३ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ७ समूह बाहेक अन्य समूह बढेका छन् ।
आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा माउण्टेन हाइड्रो नेपाल, घलेम्दी हाइड्रो, बरुण हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन् ।
बरुण हाइड्रोको प्रतिकित्ता ४४ ले बढेर अन्तिम मूल्य ४८६,माउण्टेन हाइड्रोको शेयरमूल्य प्रतिकित्ता ३४ ले बढेर अन्तिम मूल्य ३७९, युनिभर्सल पावरको प्रतिकित्ता २५ ले बढेर अन्तिम मूल्य २७९ र घलेम्दी हाइड्रोको प्रतिकित्ता २२ ले बढेर अन्तिम मूल्य २४७ रुपैयाँ कायम भएको हो ।
त्यस्तै, आज मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावर कम्पनीको भएको छ ।