राष्ट्र बैंकको रु. २ अर्बको ’नागरिक बचतपत्र’को बिक्री आजबाट खुला |
काठमाडौ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँबराबरको ‘नागरिक बचतपत्र २०८३’ मा आज (जेठ ११ गते) बाट आवेदन खुला गरेको छ।
बैंकले आउँदो असार ३ गतेबाट यो बचतपत्र निष्कासन गर्ने उद्देश्यका साथ बिक्री खुला गरेको हो। यस बचतपत्रमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ।
यो पाँचवर्षे बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ। यो बचतपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर तोकिएको छ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्।
यस बचतपत्रमा लगानीकर्ताले न्यूनतम १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद आवेदन दिन सक्नेछन्।