सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त |

काठमाडौं । सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । शुक्रबार बसेको इन्स्योरेन्सको कार्यकारी समितिले झालाई सञ्चालकमा नियुक्त गरेको हो । त्यसो त झा यसअघि सोही कम्पनीको कार्यकारी भूमिकामा रहेका थिए भने अहिले नीति निर्माताको नेतृत्वमा पुगेका हुन् ।
उनी बीजे इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्रतिनिधिका रुपमा सञ्चालकमा चयन भएका हुन् । उनी लामो समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए ।