अपी पावर कम्पनीद्वारा दार्चुलाको मार्मा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग |

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले कोरोना विरुद्ध लड्न दार्चुला जिल्ला मार्मा गाउँपालिकालाई १० थान, गोकुलेश्वर प्रहरी कार्यलयमा १० थान र जिल्ला प्रहरी कार्यलय दार्चुलालाई १५ थान गरि कूल ३५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।
साथै कम्पनीले मार्मा गाउँपालिका वडा नं २ लाई स्वस्थ रहन स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको छ । कम्पनीका तर्फबाट कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले उक्त सामाग्रीहरु हस्तान्तरण गरे । साथै कम्पनीका ४ मे.वा चन्द्रनिगाहपुर सोलार आयोजना प्रमुख दुर्गामणि त्रितालले चन्द्रपुर नगरपालिका स्थित सुरक्षा निकायहरूलाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको छ ।
कम्पनीले दार्चुला जिल्लामा ८.५ मे.वा को नौगड गाढ र ८ मे.वा क्षमताको माथिल्लो नौगड गाढ साना जलविद्युत आयोजना संचालन गरिरहेको छ भने सोहि जिल्लामा ४० मे.वा को माथिल्लो चमेलिया आयोजना निर्माण गरिहेको छ । कम्पनीको ४ मे.वा को चन्द्रनिगाहपुर सोलार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको जनाएको छ ।