शेयर बजार ६ अंकले बढ्दा ९अर्बको शेयर कारोबार |

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसुचक ६.३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा पुगेको छ । त्यस्तै, ९ अर्ब ३० करोड ५२ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।
यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४९८ दशमलव ९७ विन्दुमा पुगेको छ । नेप्से परिसुचक अनुसार आज २१४ कम्पनीको १ लाख ६ हजार ३९९ पटक कारोबार भएर ९ अर्ब ३० करोड ५३ लाख २२ हजार ४ रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार ६०२ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ । बिहीबार ५ उपसमुहको सुचक बढेका छन् भने ८ उपसमुहको नेप्से सुचक घटेका छन् ।