स्पेनले आज चार्टर्ड विमानबाट स्वास्थ्य सामग्री पठाउने |
काठमाडौं । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि स्पेनले नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ ।
बिहीबार एक चार्टर्ड विमानमार्फत भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले टेलिफोन कुराकानीमा स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयलाई सहयोगका लागि धन्यवाद दिए ।
टेलिफोन कुराकानीमा दुई देशको समग्र सम्बन्ध र सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।