सेयर धितो कर्जा ७०% सम्म दिन पाउने व्यवस्था कायमै |
काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मंगलबार तेस्रो त्रैमासिक समीक्षा गरेको छ । समीक्षामार्फत खासै ठूला परिवर्तन गरिएको छैन । यसैक्रममा सेयर धितो कर्जामा ७०% सम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्थालाई यथावत् राखिएको छ ।
केन्द्रीय बैंकका अनुसार मार्जिन प्रकृतिको सेयर कर्जाको सुरक्षणबापत धितोको मूल्यांकन गर्दा पछिल्लो १८० दिनको अन्तिम भाउको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सोहीको आधारमा गणना गर्ने व्यवस्था मिलाइएको छ ।
अर्थात् १८० दिनको औसत मूल्यका आधारमा भाउ हिसाब गरेर सेयर धितो कर्जा दिइनेछ । सेयर धितो कर्जा अधिकतम ७०% सम्म प्रवाह गर्न पाइनेछ । केन्द्रीय बैंकको यो व्यवस्थाले सेयर बजारलाई कुनै पनि नकारात्मक असर नपर्ने भएको छ । किन भने ७०% सम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्थामा कुनै पनि परिमार्जन गरिएको छैन ।