सेल्फी विथ डटर अभियानको सोच सलमान खानको गीत ‘सेल्फी ले ले रे….’ बाट |
सुनिल जागलानको अनुसार एक दिन उनको छोरी उनको मोबाइलमा सेल्फी खिच्दै थिइन् र उता टिभिमा पनि सलमान खानको ‘सेल्फी ले ले रे….’ भन्ने गीत आईरहेको थियो । त्यतिखेरै उनले सेल्फीले प्रधानमंत्री देखि युवा पिढी सबैमा असर पारिरहेको कुरा बहन गरे र यही सोचलाई छोरीसँग जोडेर उनले सेल्फी विथ डटर अभियानको थालनी गरे ।
त्यसपश्चात उनले जुन ९, २०१५ मा आफ्नी छोरीसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा हालिदिए र एक प्रतिस्पर्धा पनि सुरु गरिदिए । आ आफ्नो छोरीसँग खिचेको तीन ओटा राम्रो सेल्फीलाई पुरस्कृत गर्ने भनेपछि त उनको यो अभियान भाईरल हुन पुग्यो । सुनिल जागलानको अनुसार हरेक एक अभियानको पछाडि कुनै ठूलो कारण र प्रोत्साहन जोडिएको हुन्छ ।
जब उनको छोरी सन् २०१२ मा जन्मिन त्यति खेर उनले नर्सहरुको अनुहारको भाव त्यति राम्रो नभएको पाए । अस्पतालबाट बच्चा लिएर डिस्चार्ज हुनलाग्दा उनले नर्सहरुलाई मिठाई किन्न भनेर २००० रुपैयाँ दिए तर नर्सले लिन मानेन । छोरा भएको भए हामी लिन्थिम तर छोरी जन्मिएको कारण हामीलाई १०० रुपैयाँ मात्रै दिए पुग्छ भनेर उनीहरुले पैसा लिन चाहेनन् । यो घटनाक्रम पछि छोरीको प्रदि भेदभावको सोच हटाउन र समाजको यस्तो सोच परिवर्तन गर्न उनले कयौँ प्रयास गरे जसले पछि सफलता पनि प्राप्त गर्याे । हरियाणाको एक सानो गाउँको सरपञ्च भएकाले उनले सन् २०१२ मा भारत सरकारले ल्याएको ‘बेटी बचाओ’ अभियानलाई पनि उनले समर्थन गरेका थिए ।
सेल्फी विथ डटर अभियानको सफलतामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदि र त्यतिखेरको पूर्व राष्ट्रपति प्रनब मुखर्जीको पनि एकदमै ठूलो योगदान रहेको जगलान बताउँछन् । उनको अनुसार मोदि र मुखर्जीले यो अभियानलाई सार्वजनिक फोरममा ल्याउन मद्दत पु-याए । ७० भन्दा बढि देशको सहभागिता रहेको लाखौँ सल्फीहरु धधध। www.selfiewithdaughter.org को वेबसाइटमा अनलाइन संग्रहालय बनाएर राखिएको छ ।
हालैमा यो अभियान सेल्फी विथ डटर फाउण्डेसन, भारत र नेपाल इन्टरनेट फाउण्डेसनको सयंक्त रुपमा नेपालमा पनि सुरु गरिएको छ । यसले हजारौँ महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ । नेपालमा पनि सेल्फी विथ डटर प्रतियोगिता भईरहेको छ र यसको परिणाम जुन ९ मा घोषणा गरिने आयोजकले बताएका छन् ।
यो अभियानको सहयोगी विक्रम श्रेष्ठले नेपालमा यो अभियानको एकदमै धेरै खाँचो रहेको र यो अभियानले धेरै उचाईहरु प्राप्त गर्न सक्ने विश्वास जनाएका छन् ।
सेल्फी विथ डटर अभियान भारतामा सन् २०१५ जुन ९ मा सुरु भएको थियो । अन्र्तराष्ट्रिय मानक एजेन्सी देखि लिएर इकोनोमिक सर्भे अफ इन्डियाको सर्वेक्षण रिपोर्टले यो अभियान एकदमै प्रभावशाली रेहेको देखाएको छ । जसले छोरीहरुको मुहारमा पनि खुशी ल्याईरहेको छ । हलिवुडको विन डिजेल, मैडोना, भिक्टोरिया बेकह्याम देखि बलिवुडको अजय देवगन, अक्षय कुमार, अमिताभ बच्चन जस्ता हस्तीहरुले यस अभियानलाई समर्थन गरेका छन् । त्यस्तै अन्र्तराष्ट्रिय खेलाडी सचिन तेंदुलकर, क्रिस गेल, सेरेना विलियम्स, सुरेश रैनाले पनि आफ्नो छोरीसँग सेल्फी खिचेर यो अभियानमा सहभागी भएका थिए ।