भोली बुधबारदेखि प्रभु सेलेक्ट फण्डको बिक्री खुला गरिने |
काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्डको यही जेष्ठ ५ गते बुधबारदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।
यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।
निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् ।
फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा जेष्ठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।
नेपालको शेयरबजारमा धेरै सेक्टरका शेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये अधिकतम ३० वटा कम्पनीहरुको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड राखिएको छ ।
यस योजना अन्र्तगत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीहरुमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिदबिक्री गरिनेछ ।
प्रभु सेलेक्ट फण्ड कस्तो योजना हो ?
यो एउटा सामुहिक लगानी योजना हो । जसले लगानीकर्ताहरुलाई युनिट बिक्री गरी संकलन गरेको रकमलाई भ्यालु भएका तथा ग्रोथ गर्ने सम्भावना रहेका कम्पनीहरुका साथै प्रतिफलका हिसाबले उच्च प्रतिफल सिर्जना गर्न सक्ने तथा वितरण गर्न सक्ने कम्पनीहरुको छनौट गरी लगानी गर्छ ।
यसरी तयार गरीएको लगानी पोर्टफोलियोलाई बजारमा आउने सामान्य उतार चढावहरुले खासै असर नगर्ने किसिमले संरचना तयार गरिने भएको हुँदा योजनामा सहभागी लगानीकर्ताहरुले तुलनात्मक रुपमा आफ्नो लगानी सुरक्षित तथा उच्च प्रतिफलयुक्त रहेको पाउनेछ् ।
यो फण्डको उद्देश्य के हो ?
यस योजना अन्र्तगत छरिएर रहेका स–साना बचतहरुलाई संकलन गरी लगानीमा रुपान्तरण गर्ने कार्य यो योजनाले गर्नेछ । त्यसपछि योजनाको इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामुहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने ढंगबाट आफ्ना कार्यहरुलाई अगाडि बढाउने छ ।
यो योजनाले कस्ता कस्ता कम्पनीमा लगानी गर्छ ?
यो योजनाले नेपाल धितोपत्र वोर्डले जारी गरेको सामुहिक लगानी कोष नियमावलीले तोकेको क्षेत्रहरु बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बंैकले जारी गरेको ऋणपत्र, टे«जरी विल तथा मुद्रा बजारका अन्य साधनहरु, बंैक तथा वित्तीय संस्थामा निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्नेछ ।
तर, यसरी लगानी गर्दा फण्डले अधिकतममा ८० देखि १०० प्रतिशत सम्म धितोपत्र विनियम बजार अर्थात नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरु मध्ये अधिकतम ३० वटा कम्पनीहरुमा मात्रै लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ ।
फण्ड व्यवस्थापन गर्न टिम कस्तो छ ?
प्रभु क्यापिटल अन्तरगतको लगानी टिमभित्र नेपाली पूँजी बजारका साथै अन्तर्राष्ट्रिय पूँजी बजारमा काम गरी सकेका अनुभवी तथा यस क्षेत्रमा विज्ञता प्राप्त गरिसकेका विज्ञहरु सहितको व्यवसायिक टिम छ ।
यसमा एक जना सिए सिएफएए तथा एमबिए गरी भारतीय बजारमा करिब ७ वर्ष काम गरिसकका देखि अमेरीकामा एमबिए गरी त्यहाँको बजारमा करिब २ वर्ष काम गरीसकेका छन् । यसका साथै १ जना सिए जो भारतीय पूँजी बजारका साथै नेपाली पूँजी बजारमा पनि करिब ५ वर्षयता संलग्न भइ कार्य गर्दै आएका छन् । यो क्यापिटलको इन्भेष्टमेन्ट म्यानेजमेन्टको लागि कोर टिम हो । यसलाई सघाउने अरु छन् ।
प्रभु क्यापिटलको उच्च व्यवस्थापनको नेतृत्व गर्ने प्रबन्ध सञ्चालक दिनेश थकाली सिए हुनुका साथै नेपाली बैंकिंग क्षेत्रमा १ दशक बढिको अनुभव भएका व्यक्ति हुन् भने चिफ अपरेटिङ्ग अफिसर कृष्ण गिरीको नेपाली पूँजी बजारका साथै अन्तर्राष्ट्रिय पूँजी बजारमा करिब १ दशक लामो अनुभव रहेको छ ।
प्रभु क्यापिटलले लगानी सम्बन्धी कार्यलाई व्यवस्थित गर्नको लागि अलग्गै लगानी कमिटि गठन गरेको छ यसमा पनि नेपाली पूँजी बजारमै विशेष दखल भएका तथा १ पूँजी बजारकै क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव हासिल गरेका सफल व्यक्तित्वहरु छन् ।
साथै अर्कोतर्फ प्रभु सामुहिक लगानी कोष अन्तरगत नियुक्त भएका सुपरभाइजरहरु पनि व्यवस्थापन, प्रशासन, पूँजीबजार, लगानी विश्लेषण एवं अध्यापनको क्षेत्रमा लामो समय काम गरेको अनुभवी व्यक्तित्वहरु छन् ।