सोल्टी होटल १३ करोडभन्दा बढी नोक्सानीमा |
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटल रू. १३ करोड ६६ लाख ३८ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १४ करोड ५ लाख ४७ हजार खुद नाफा गरेको होटलले यस वर्ष आम्दानी भन्दा खर्च बढी भएकाले नोक्सानी व्यहोर्नु परेको हो । गत वर्षको तेस्रो त्रैमासको सुरुवातदेखिनै कोभिड महामारीका कारण प्रभावित बनेको होटल व्यवसाय हालसम्म महामारी कायमै रहदा प्रभावित बनेको हो ।
होटलले सोमवार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष कुल आम्दानी रू. ३० करोड ८७ लाख ४७ हजार भएकोमा कुल खर्च रू. ४४ करोड ४९ लाख ७४ हजार भएको छ । तेस्रो त्रैमाससम्म होटलको कुल सम्पत्ति रू. २ अर्ब १२ करोड ३० लाख ८९ हजार र कुल दायित्व रू. ६० करोड ९९ लाख ४२ हजार छ ।
हाल रू.८४ करोड २५ लाख ७९ हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा रू. ६७ करोड ५ लाख ६७ हजार छ । खुद नोक्सानीमा रहेको अवस्थामा कम्पनीको प्रतिशेयर आम्दानी पनि रू. १ दशमलव ६२ ऋणात्मक रहेको छ । होटलसको प्रतिशेयर नेटवर्थ भने रू. १७ दशमलव ९६ रहेको छ ।