राधीले गर्यो लाभांश प्रस्ताव, कति दिँदैछ बोनस? |
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निणर्य गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७६∕७७ बाट सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
उक्त बोनस शेयर कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ६४ करोड ६३ लाख रूपैयाँ पुग्नेछ ।