लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले? |
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले जेठ २८ गते भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे १६ औं वार्षिक साधारण सभा बोलाएको हो ।
साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश गरि १० प्रतिशत लाभांश पारित गर्नेछ ।
यस्तै कम्पनीले वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु माथि छलफल गरि पारित गर्ने तयारी पनि गरेको छ ।
बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।
पूँजी वृद्धि हुने भएपनि कम्पनीको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १४ गते बुक क्लोज गर्ने भएको छ । त्यस अनुसार जेठ १३ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।