मेगा क्यापिटललाई १ अर्ब बराबरको इकाई बिक्री गर्न बोर्डको अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेगा म्युचुअल फण्ड सञ्चालनका लागि रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गर्न अनुमति दिएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडको व्यवस्थापनमा मेगा म्युचुअल फण्ड–१ सञ्चालनका लागि बोर्डले उक्त इकाई विक्रीको अनुमति प्रदान गरेको हो ।
बन्दमुखी यो सामुहिक योजनाको इकाई विक्रीका लागि बोर्डले बैशाख १२ गते अनुमति दिएको हो । यो इकाई विक्री प्रबन्धकको काम पनि मेगा क्यापिटल मार्केट्स लिमिटेडलेनै गर्नेछ ।