अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गर्दै सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन लोन’ सुविधा |

काठमाडौं । अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गर्दै सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन लोन’ सुविधा संचालनमा ल्याएको छ ।
कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्ग होमहरुमा देखा परेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचालनमा ल्याएको हो ।
यस कर्जाका विशेष आर्कषणहरुमा कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा प्रदान गरिने बैंकले जनाएको छ । यसैगरी, सम्वन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्तानी अवधि तय गरिने पनि बैंकले जनाएको छ । बैंकले अन्य कुनैपनि सेवा शुल्क नलाग्ने पनि बताएको छ । उक्त कर्जा लिन चाहने अस्पताल तथा नर्सिङ्ग होमलाई उच्च प्राथमिकताका साथ कर्जा प्रोसेसिङ गरिने पनि बैंकले जनाएको छ ।
यसरी प्रदान गरिएको कर्जामा नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरुप हुनेछ । सिमित अवधिका लागि ल्याइएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पु¥याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ ।