हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का |

काठमाडौं । बैशाख ३० गते मर्जरको लागि सम्झौता गरेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार सुचना जारी गर्दै मर्जर प्रयोजनार्थ दुबै बैंकको शेयर कारोबार रोक्का गरेको जानकारी दिएको हो ।
दुबै बैंक मर्जरपछि बन्ने बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक हुनेछ ।