साओमीले ‘एमआइ प्याड–५’ जुनमा सार्वजनिक गर्ने |
चिनियाँ स्मार्टफोन कम्पनी साओमीले यो वर्ष नयाँ प्याड सार्वजनिक गर्ने भएको छ ।
जीएसएमएरेनाका अनुसार हालै चीनको सामाजिक प्लेटफर्म ‘वइबो’को एक पोस्टमा साओमीका प्रशंसकहरुले नयाँ उत्पादनबारे जिज्ञासा राखेका थिए। जसको जवाफमा कम्पनीका निर्देशक वाङ टेंग थोमसले ‘एमआइ प्याड–५’ चाडैँ सार्वजनिक हुने बताएका हुन् ।
‘एमआइ प्याड–५’ सँगै साओमीले यसैको अर्को लाइनअप ‘एमआइ प्याड–५ प्रो’ सार्वजनिक गर्न सक्ने अनुमान छ, तर कम्पनीले तेस्रो मोडल ल्याउने सम्भावना पनि धेरै रहेको रिर्पोटले जनाएको छ ।
‘एमआइ प्याड–५’ का सबै मोडल उपकरणमा आठ हजार दुई सय ५० एमएएचको ब्याट्री पावर हुनेछ ।
यसैगरी ‘एमआइ प्याड–५ प्रो’मा भने २के एलसीडी स्क्रिन हुनेछ, जसमा १२० हर्जको रिफ्रेस रेट र २४० हर्जको टच स्यामप्लिङ हुने जीएसएम एरेनाले लेखेको छ ।
‘एमआइ प्याड–५’मा स्नैपड्रेगन ८७० को प्रोसेसर हुनेछ र ‘एमआइ प्याड–५ प्रो’ मिडियाटेक डाइमेन्सिटी १२०० को साथ आउनेछ ।
यी प्याडमा ‘साओमी एमआइ–११’ मा जस्तै तीन क्यामरा हुनसक्ने अनुमान छ ।
साओमीका निर्देशक वाङ टेंग थोमसले ‘एमआइ प्याड–५’का सबै मोडल यो वर्षको जुन महिनातिर सार्वजनिक हुने बताएका छन् ।