विद्यार्थीलाई अनलाइन शिक्षा दिदैँ लर्नहब |
काठमाडौं । लर्नहबले लकडाउनको समयमा विद्यार्थीहरुलाई अनलाइन शिक्षा दिइरहेको छ ।
लर्नहबले बालबालिकाहरुलाई विभिन्न खेलको माध्यमबाट कोडिङको प्रशिक्षण दिन्छ। विद्यार्थीहरुलाई डेभलपरको रुपमा विकास गराउन मद्दत गर्ने लर्नहबको भनाइ छ ।
लर्नहबका अनुसार कक्षा १ देखि कक्षा १० सम्मको विद्यार्थीहरुको लागि लर्नहब एउटा प्रभावकारी प्लेटलफर्म बन्न सफल भएको छ ।
लर्नहब मार्फत विद्यार्थीहरुले सिर्जनात्मक क्रियाकलाप, मष्तिस्क विकास, संख्या गणना लगायतका विषयहरु पनि शिक्षा हासिल गरिरहेका छन् ।
लर्नहबले विद्यार्थीहरुलाई लाइभ कक्षा मार्फत शिक्षा प्रदान गरिरहेको छ। प्रत्यक विद्यार्थीहरुको लागि छुट्टाछुट्टै तालिम प्राप्त शिक्षकको व्यवस्था गरिएको बताइएको छ। कक्षा हप्तामा दुई घण्टा सञ्चालन गरिनेछ ।
एउटा कक्षा एक घण्टाको हुनेछ। साथै विद्यार्थीले आफ्नो समयानुकुल शिक्षकको समय मिल्ने गरी आफ्नो कक्षाको समय आफैँ तय गर्न सक्नेछन् ।