बोटलर्स नेपालका दुई कम्पनीको नाफा बढ्यो |
काठमाडौं । विश्पव्यापी फैलिएको कोभिड १९ प्रभाव बोटलर्स नेपालका दुई कम्पनीमा पनि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुबै कम्पनी बिक्री आम्दानी ऋणात्मक देखिएको हो ।
बोटलर्स नेपाल बालाजु र तराईको बिक्री आम्दानी ऋणात्मक भए पनि खुद नाफा भने सुधार भएको छ । दुबै कम्पनीको सञ्चालन मुनाफा बढेपनि खुद नाफा बढ्न टेवा पुगेको हो ।
बोटलर्स नेपाल (बालाजु)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २९ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिसम्ममा १ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले खुद नाफा बढाएको हो ।
कम्पनीको बिक्री आम्दानी ऋणात्मक देखिएपनि सञ्चालन मुनाफा बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।
यस अवधिमा कम्पनीको बिक्री आम्दानी ४ अर्ब ११ करोड ४६ लाख रुपैयाँमा ऋणत्मक रहेको छ । गत आर्थिक वर्षको चैत सम्ममा बिक्री आम्दानी ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन मुनाफा भने ४२ करोड ५६ लाख रुपैयाँले बढेर ६४ करोड १९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा २१ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको नाफा बढेपछि प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर आम्दानी १७८ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २ हजार ७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १० गुणा रहेको छ ।
चुक्ता पूँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ३ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
यता बोटलर्स नेपाल (तराइ)ले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा खुद नाफा ३३ करोड ८७ लाख रुपैयाँले बढाएर ३७ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।
गत आर्थिक वर्षको चैत सम्ममा कम्पनीले ३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको बिक्री आम्दानी आझै ऋणत्मक भएपनि सञ्चालन मुनाफा बढेपनि कम्पनीको खुद नाफामा सुधार देखिएको हो ।
यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४७ करोड ५१ लाख रुपैयाँले बढेर ७४ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा २७ करोड ८ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको बिक्री आम्दानी भने अझै २ अर्ब ८९ करोड रुपैयाँ ऋणत्मक रहेको छ । गत आर्थिक वर्षको यस अवधिमा पनि कम्पनीको बिक्री आम्दानी २ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ ऋणत्मक रहेको थियो ।
खुद नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी पनि ३६ रुपैयाँबाट सुधार भएर ४०९ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २ हजार ११७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३ गुणा रहेको छ ।
चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ४४ करोड ७ लाख रुपैयाँ सञ्चित छ ।