सानिमा माइ हाइड्रोपावरको नाफा बढ्यो |
काठमाडौं । सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन ९.१० प्रतिशतले धेरै हो।
कम्पनीको विद्युत विक्रीबाट हुने आम्दानी बढ्दा र वित्तीय खर्चमा नियन्त्रण गर्दा खुद नाफा बढेको हो।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६६ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यसै अवधिमा ५४ करोड ५ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको वित्तीय आम्दानी पनि बढेको छ।
गत वर्ष १८ करोड रुपैयाँ रहेको वित्तीय खर्च २२ प्रतिशतले घटेर १४ करोडा झरेको छ भने प्रशासनिक खर्च सामान्य बढेर १३ करोड पुगेको छ।
हाल २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले पूँजी बढाए अनुसार नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा सामान्य गिरावट देखिउको छ। प्रतिशेयर आम्दानी १६ रुपैयाँ २९ पैसाबाट घटेर १६ रुपैयाँ १५ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात २३.१५ गुणा छ।