बुटवल पावरको नाफा ४८ प्रतिशतले घट्यो |
काठमाडौं । बुटवल पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८९ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ४५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ जुन ४८.८१ प्रतिशतले कम हो ।
यस अवधिमा कम्पनीको आम्दानी घट्दा यसको खुद नाफामा असर परेको हो। समथै कम्पनीले खर्चमा नियन्त्रण गर्न नसक्दा उसको नाफामा दबाब परेको देखिन्छ ।
कम्पनीको कुल आम्दानी ५५ करोड ७७ लाख रुपैयाँबाट ८ प्रतिशतले घटेर ५१ करोड ११ लाख रुपपैयाँमा झरेको छ भने वित्तीय खर्च ३८ प्रतिशतले बढेर १ करोड ५३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै प्रशासनिक खर्च समेत ८ प्रतिशतले बढेको छ ।
हाल २ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ९९ करोड रुपैयाँ छ। यस अवधिमा कम्पनीको जगेडा कोष पनि ११ प्रतिशतले घटेको छ ।
खुद नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उच्च रूपले घटेको छ । यस अवधिमा कम्पनाीको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ५१ पैसाबाट घटेर २० रुपैयाँ ७२ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५१ गुणा छ ।