जेठदेखि बिजुली बाल्ने तयारी गरिरहेको माथिल्लो तामाकोशीको नोक्सानी घट्यो |
काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नो्क्सानी घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको चैत मशान्तसम्ममा ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ५० लाख रुपैयाँ नोक्सानीमा छ ।
दोलखामा ४५६ मेगावाट क्षमताको आयोजना निमार्ण गरिरहेको आयोजनाले जेठको दोस्रो साताबाट पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने र त्यसको ३ महिनाभित्रै ६ वटा युनिटबाट विद्युत उत्पादन गर्ने तयारी गरेको छ ।
कोभिड १९ को असरले गर्दा आयोजना निमार्णको अवधि र लागत बढ्दै गएको् छ, यसले गर्दा निर्माण अवधिको ब्याज, डलर सटहीदर तथा अन्य व्यायभारले आयोजनाको लागत बढ्न गएको तर बिजुली बिक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुगेको विवरणमा उल्लेख छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रुपैयाँ छ । उसको ४० अर्ब ८ करोड रुपैयाँ दीर्घकालीन ऋण छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३३ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९४ पैसा छ ।