नेपाल इन्सुरेन्सको नाफा २६.८७% ले बढ्यो |
काठमाडौं । नेपाल इन्सुरेन्सको खुद नाफा २६.८७% ले बढेर १७ करोड १ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद बिमा शुल्क र बिमा कोषको आकार पनि बढेको छ । बिमा कोषको आकार ३९.०५% ले बढेर ५० करोड ७१ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसको बिमा कोषमा ३६ करोड ४७ लाख १० हजार रुपैयाँ थियो । खुद बिमा शुल्क पनि ३५.२७% ले बढेर ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४३ करोड १ लाख २८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कुल दाबी भुक्तानी बढेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम घटेको छ ।
चैत मसान्तसम्म आइपुग्दा नेपाल इन्सुरेन्सको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर १९ रुपैयाँ ७२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ०१ पैसा छ । चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४० करोड १७ लाख ३५ हजार रुपैयाँ छ ।