यसै वर्ष आईपीओ जारी गरेको अजोड इन्सुरेन्सको नाफा ७३.८६ प्रतिशतले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अजोड इन्सुरेन्सले ६ करोड ११ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ७३.८६ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष यसै अवधिमा यसले ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क ६१.६४ प्रतिशतले बढेर २९ करोड ९० लाख ४ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ १५ पैसा छ । अजोड इन्सुरेन्सले यसै वर्ष आईपीओ जारी गरेको हो ।
बीमा कोषको आकार ९३.०५ प्रतिशतले बढेर ९ करोड २९ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको बीमा कोषको आकार ४ करोड ८१ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।