निर्धन उत्थान लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १६ पैसाले बढ्यो, नाफा ७१ करोड ४८ लाख रुपैया |
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा निर्धन उत्थान लघुवित्तले ७१ करोड ४८ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ५१.०४% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ४७ करोड ३२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ३५.९७% ले बढेर १ अर्ब ५९ करोड ५३ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसैअवधिमा यसले १ अर्ब १७ करोड ३२ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । यता, सञ्चालन नाफा भने १२.३५% ले घटेर ६५ करोड ६९ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७४ करोड ९५ लाख २१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा निर्धन उत्थानको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १६ पैसाले बढेर ५६ रुपैयाँ २३ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ०७ पैसा थियो । प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ७८ पैसा छ । खरब कर्जा भने ४.१३% ले बढेर ५.८९% पुगेको छ ।