उपत्यकामा २४ सै घण्टा लाटो कोशेरो फुड डेलिभरी, फ्रन्टलाइन वर्कर्सलाई १०% छुट |
काठमाडौं । उपत्यकामा पहिलो पटक २४ सै घण्टा लाटो कोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । विषेश गरी रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुर्याउने उद्देश्य स्वरुप लाटो कोशेरो फुड सञ्चालनमा आएको हो ।
उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जीवनको ख्याल राख्दै २४ सै घण्टा सेवा दिने कम्पनीले बताएको छ । उपत्यकाका जुनसुकै स्थानमा सेवा दिने लाटो कोशेरो फुडले जनाएको छ ।
रातको समयमा फुड सर्भिसका लागि भिन्न परिचयका साथमा अनलाइन मार्फत सेवा दिने कम्पनीले जनाएको छ । लाटो कोशेरो डटकमले आफुलाई अरु भन्दा भिन्न रुपमा परिचित गराउन सुपथ दर र छिटो सेवा दिने प्रतिबद्धता जनाएको छ । लाटो कोशेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट, पेय पदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर हुनेछ ।
निषेधाज्ञाको समयमा लाटो कोशेरोले उपत्यकाको जुनसुकै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कर्सहरु (स्वास्थ चिकित्सक, नर्स, अस्पतालका कर्मचारी, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्टका साथै कोभिडको यो समयमा निरन्तर खटिएकाहरुलाई १०% छुट दिने ब्यवस्था रहेको कम्पनीका प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जनाएका छन् ।