सपथ लिए लगत्तै पोखरेलले गरे मन्त्रिपरिषद विस्तार |

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसंगै मन्त्रिपरिषद विस्स्तार गरेका छन् ।
मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्री रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् ।
रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरु दुबैजनाले शपथ ग्रहण गरेका छन् ।