एनआईबीएल समृद्धि फन्ड–२ मा माग भन्दा ५० प्रतिशत बढी आवेदन |
काठमाडौं । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबीएल समृद्धि फन्ड –२ मा माग भन्दा ५० प्रतिशत बढी आवेदन परेको छ ।
यो योजनाको प्रति इकाई १० अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो । हालै सम्पन्न उक्त योजना एनआईबीएल समृद्धि फन्ड–२ मा चार दिन भित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।
हालको समयमा विभिन्न संस्थाहरूद्वारा सार्वजनिक रुपमा बिक्री तथा खुल्ला गरिएको सामूहिक लगानी कोषमा सर्वसाधारणहरूले उल्लेखनीय सहभागिता जनाएका छन् ।