सिन्धु विकास बैंकको ८० प्रतिशतले बढ्यो नाफा |
काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८० प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा १ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा ३ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन ८०.९८ प्रतिशतले धेरै हो।
बैंकको वितरणयोग्य नाफा पनि १ करोड ३८ लाख रुपैयाँबाट बढेर ४ करोड १५ लाख रुपैयाँ पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी सामान्य मात्रै बढेको भए पनि सञ्चालन आम्दानी बढ्दा उसको नाफा बढेको हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ प्रतिशतले बढेर १० करोड ९९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८०.९७ प्रतिशतले बढेको छ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँबाट बढेर ८ रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ रहको छ। बैंकको खराब कर्जा भने केहि बढेर २ प्रतिशत माथि पुगेको छ।