नेपाल विज्ञापन संघको सदस्यमा हरिशरण सुवेदी चयन |

काठमाडौं । नेपाल विज्ञापन संघको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन भएका छन् ।
संघको वैशाख ३ गते बसेको ४८९ औं बैठकले सुवेदीलाई सर्वसम्मत रूपमा कार्यसमिति सदस्यमा चयन गरेको हो ।
सदस्यमा चयन भएपछि उनले विज्ञापन बजारमा भएको बेथेतिलाई समाधान गरी संस्थागत सुसासन र विकासमा योगदान पुर्याउने बताए ।
सुवेदी झन्डै दुई दशक देखि नेपाली विज्ञापन जगतमा वस्तु उत्पादन सेवा ब्रान्डिङ मिडिया हाउसमा क्रियाशिल छन् ।