छिमेक लघुवित्तको खुद नाफा ५९.८९% ले बढ्यो, प्रतिसेयर आम्दानी ६९ रुपैयाँ ६५ पैसा |
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा छिमेक लघुवित्तले आकर्षक प्रगति गरेको छ । यसअवधिमा खुद नाफा ५९.८९% ले बढेर ९५ लाख ५९ हजार ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ७८ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी २०.९०% ले बढेर १ अर्ब ५२ करोड ६९ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ अर्ब २६ करोड २९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा पनि ६७.४२% ले बढेर १ अर्ब ३८ करोड ३० लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ८२ करोड ६० लाख ३२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा यसले २१ अर्ब ८२ करोड १७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरेर २६ अर्ब ४२ करोड २६ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ०.१४% ले बढेर ०.५५% पुगेको छ । प्रतिसेयर आम्दानी ६९ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ५२ पैसा छ ।