ब्रोकरहरुलाई निषेधाज्ञामा कार्यालय सञ्चालन गर्न नेप्सेको ७ बुँदे निर्देशन |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ब्रोकर कम्पनीहरुलाई कोरोना नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यलय सञ्चालन गर्न निर्देशन दिएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै नेप्सेले संचालन गर्ने गतिविधिहरुमा भौतिक आवागमन कम गर्ने उद्देश्यले विभिन्न ७ वटा निर्देशन दिएको हो ।
ब्रोकरले नेप्सेसँग गर्नुपर्ने कम कारवाहीमा सम्भव भएसम्म भौतिक दुरीलाई कम गर्नुपर्ने जनाएको छ । नेप्सेमा पठाउनु पर्ने कागजातहरु समेत इमेल मार्फत पठाउन निर्देशन दिएको छ ।
नेप्सेले शेयर खरिद बिक्री पश्चात लगानीकर्तालाई तोकिएको समयमा शेयर तथा पैसा उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ भने लगानीकर्तालाई समेत शेयर खरिद बिक्री अनलाइन मार्फत गर्न प्रोत्साहन गर्न निर्देशन दिएको छ ।