आइसीएफसी फाइनान्सको नाफा ६५.७३% ले बढ्यो, खराब कर्जा ०.०९% ले घट्यो |
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आइसीएफसी फाइनान्सले १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ६५.७३% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा फाइनान्सले १० करोड ७३ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १० करोड ३० लाख ३३ हजार रुपैयाँ रहेको छ । यसअवधिमा फाइनान्सको सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
यसको सञ्चालन नाफा ६५.९१% ले बढेर २५ करोड ३८ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १५ करोड २९ लाख ९५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने २९.८८% ले घटेर २२ करोड ९३ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ३२ करोड ७१ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चैत मसान्तसम्म आइपुग्दा फाइनान्सको चुक्ता पुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ र जगेडा कोषमा ३४ करोड ३६ लाख ४८ हजार रुपैयाँ रहेको छ । अइसीएफसीले १४ अर्ब ३३ करोड १७ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब २२ करोड ७९ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
खराब कर्जा ०.०९% ले घटेर ०.५१% मा सीमित भएको छ । अघिल्लो वर्ष खराब कर्जा ०.६०% थियो । कस्टअफ फन्ड ६.६०% छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १७ पैसा छ ।