सानिमा बैंक र माइती नेपालबीच सम्झौता नवीकरण |
काठमाडौं । सानिमा बैंक लिमिटेड र माइती नेपाल बीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ ।
मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
माइती नेपालले करिब ३ दशक देखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । सो समझदारी पत्रमा माइती नेपालका संस्थापक अनुराधा कोइराला र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरे ।