पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन |

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी छन् ।
त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित रहेका छन् ।
समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान छन् ।