नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्षमा विक्रान्तकुमार श्रेष्ठ |

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विक्रान्तकुमार श्रेष्ठ महासंघको कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्षमा मनोनयन भएका छन् ।
कृषि उद्यम केन्द्र नेपाल उद्योग वाणिज्य महासंघको तेसो कार्यसमिति बैठकको निर्णयबाट श्रेष्ठलाई कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्षमा मनोनयन गरिएको हो ।
केन्द्रका सभापति अरुणराज सुगार्मीले श्रेष्ठको नियुक्तिपश्चात कृषि उद्यम तथा अनुसन्धान केन्द्रसंगो समन्वयमा कृषि अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाउने विश्वस्त रहेको उल्लेख गरेका छन् ।