मोटरहेडको “पावर, पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ” |
काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले यही चैत २९,२०७७ बाट, ३१ वैशाख २०७८ सम्मको लागी “पावर, पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ” अफर सार्वजनिक गरेको छ ।
नेपाल अधिराज्य भरी रहेका सम्पूर्ण मोटरहेडका शोरुमहरुमा लागू हुने उक्त अफरमा ग्राहकहरुले नगद खरिदमा १२,००० रुपैयाँ फाइनान्स खरिदमा ८,००० रुपैयाँ र एक्सचेन्ज गरी खरिद गर्दा बजार मुल्यांकनमा थप १५,००० रुपैयाँ पाउने छन् । यसका साथै, कम्पनीको तर्फबाट अन्य फी एक्सेसरीजहरु पनि पाउने व्यवस्था गरिएको छ ।
नयाँ वर्ष आम नेपालीहरुलाई विशेष महत्व रहेको यथार्थलाई मध्यनजर गर्दै कम्पनीले विगतमा झै यस वर्ष पनि आफ्नो ग्राहकहरुको लागी अफर ल्याएको जानकारी दिए । अफरको आकर्षणको रुपमा कम्पनीले आफ्नो मात्र नभएर यस अफरमा खरीद गरी यस व्राण्डमा जोडिन आउने ग्राहकहरुको तर्फबाट पनि सामाजिक दायित्व निर्वाह गर्न आग्रह गरेको छ ।
यस अफर भित्र बिकि भएका मोटरसाइकलहरुमध्ये प्रत्येक मोटरसाइकलबाट १००० रुपैयाँ छुटाई एक मुष्ठ रकम अफर सकिए पश्चात एक कार्यकमको दौरान कुनै एक सामाजिक संस्थालाई हस्तान्तरण गरिने जानकारी पनि दिए । यस वर्ष, अन्य अफरहरुको माझ समय परिस्थिति अनुरुप आएको यस अफर आफैमा पृथक र तारीफ योग्य रहेको छ ।