प्रभु बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त |

काठमाडौं । प्रभु बैंक सञ्चालक समितिले बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौलालाई नियुक्त गरेको छ ।
विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकका रुपमा चैत २३ गते चयन भएकाृ सिटौलालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि सिटौला कृषि विकास बैंककमा २०७१ मंसिरदेखि २०७५ मंसिरसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।