सिभिल बैंकका सिईओले दिए राजीनामा, अब विदेशी बैंकको सिईओ बन्ने |

काठमाडौं । समय अवधि तीन महिना बाँकी छदै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् ।
बैंक स्रोतका अनुसार बैंशाख १७ गतेदेखि लागू हुनेगरि बुझाएको राजीनामा बैंकको केहि दिनभित्र नै बस्ने सञ्चालक समितिले स्वीकृत गर्ने छ ।
४ वर्षका लागि नियुक्त भएका गुरुङले विदेशको बैंकमा काम गर्ने अवसर पाउनु भएकाले राजीनामा दिनुभएको सुनिएको स्रोतले बतायो । स्रोतका अनुसार म्यानमारको कुनै बैंकको प्रमुख कार्यकारी अधिकृत भएर जाने समेत बताएको छ । गुरुङले नेपालमा हिमालयन, ग्लोवल र मेगा बैंकमा काम गर्दै सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।