एनआईबीएलले पायो धितोपत्र बोर्डबाट ‘एनआईबीएल समृद्धि फन्ड–२’ बन्दमुखी योजना संचालन गर्ने अनुमति |

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकलाई ‘एनआईबीएल समृद्धि फन्ड–२’ बन्द मुखी योजना संचालन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
१ अर्ब २० करोड रुपैयाँको यस योजना १० वर्षको अवधिसम्म संचालनमा रहने कम्पनीले जनाएको छ । प्रति इकाई मूल्य १० दरको १२ करोड इकाई मध्ये पुँजी बापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रवर्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुको लागि बिक्री खुला हुने कम्पनीले जनाएको छ ।
नेपालको पुँजी बजारमा सामुहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु संचालन गर्ने उद्देश्यले आफु कोष प्रवर्धक रहि साथै बैंकको सहायक कम्पनीको रुपमा रहेको एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआईबीएल म्युचुअल फन्ड’ नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्द मुखी र एउटा खुला मुखी योजना संचालन गर्दै आइरहेको छ ।