इमर्जिङ नेपालले ५ लाख ५५ हजार कित्ता आइपीओ जारी गर्ने |

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणहरूका लागि निष्काशन गर्ने भएको हो ।
आइपिओ जारी गर्नका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरिसकेको जानकारी दिएको छ । कम्पनीले बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।