एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ |

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण सम्मानित भएका छन् ।
गत भदौमा मन्त्रीपरिषद्ले गरेको सिफारिस अनुसार चैत २७ गते शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले न्यौपानलाई विभूषण प्रदान गरिन।
साथै, सोही विशेष समारोहका बीच राष्ट्रपतिबाट बैंकका सहायक महाप्रबन्धक रन्जन खड्का ‘जनसेवा श्री (पञ्चम)’ विभूषणबाट सम्मानित भएका छन् ।